काठमाडौं । आजबाट सुरु भएको ललितपूर मेयर्स महिला टि२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सरुवात गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा बिहिवार भएको उद्घाटन खेलमा आयोजक ललितपुर मेयर्स(११ ५१ रनले पराजित भएको हो ।
सुदूरपश्चिमले १ सय ३८ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनायो ।
ललितपुरका लागि लक्ष्मी चौधरीले २५ तथा हेलिसा गुरुङले १९ रन बनाईनन् ।
सुदूरपश्चिमका लागि रितु कौनोजियाले २ विकेट लिईन् ।
त्यसअघि सुदूरपश्चिम प्रदेशले टस जितेर पहिले ब्याटिङ गरेकोमा २० ओभरमा ३ विकेट गुमाएर १ सय ३७ रन बनाए ।
सुदूरपश्चिमका लागि सम्झना खड्काले ४५ बलमा अविजित ५२ रनको अर्धशतकीय ईनिङ खेले । उनले ६ चौका प्रहार गरिन् । कविता जोशीले अविजित २७ रन बनाउँदा रुवि पोदारले २८ रन बनाईन् ।
ललितपुरका कृतिका मरासिनीले २ तथा सोनी पाख्रिनले १ विकेट लिईन् ।



