काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार र सञ्चार माध्यमको पेसागत र भौतिक सुरक्षाका लागि कोष स्थापना गर्ने घोषणा गरेका छन् ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकार र सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने बताएका हुन् ।


