काठमाडौँ । एएफसी यू-२० महिला एसियन क्वालिफायरको ड्र सार्बजनिक गरिएको छ । विहिबार सार्बजनिक भएको ड्र अनुसार नेपाल समुह बिमा परेको छ । समुह बि मा नेपालसहित चीन, म्यान्मार र चाइनिज ताइपेइ रहेका छन् ।
नेपालले आगामी जुन महिनामा दोस्रो चरणको यो क्वालिफायर प्रतियोगिता खेल्ने भएको छ । दोस्रो क्वालिफायरका खेलहरु जुन ३ देखि ११ सम्म हुने एएफसीले जनाएको छ ।
नेपाल आफ्नो समुहमा शिर्ष दुई मा पर्न सकेमा एएफसी यू-२० एसियाकपका लागि छनौट हुने छ ।
त्यस्तै समुह ए मा अस्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् ।




