शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मधेसमाथि एपिएफ १० विकेटले विजयी

एक्सप्रेस पाना
चैत्र ९, २०७९ बिहीबार
  • 269
    SHARES
  • मधेसमाथि एपिएफ १० विकेटले विजयी

    काठमाडौं । आजबाट त्रिवि क्रिकेट मैदानमा सुरु भएको ललितपुर मेयर्स महिला टि-२० क्रिकेट प्रतियोगितामा विभागिय टोली एपिएफ महिला टोलीले सानदार सुरुवात गरेको छ । 

    images

    मधेस प्रदेशले दिएको ५९ रनको लक्ष्य एपिएफले विना विकेटको क्षेतिमा ७.३ ओभरमा पुरा गर्यो । 

    एपिएफका लागि सिता राना मगरले ४५ र जोति पाण्डेले ८ रन बनाईन् । 

    images

    त्यसघि पहिले ब्याटिंग गरेको मधेस प्रदेशले १९.४ ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । 

    मधेसका लाति साना प्रवीणले सर्वाधिक २५ रन बनाउँदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेन् । 

    यता एपिएफका लागि सोनु खड्काले सर्वाधिक ४ विकेट लिईन् । यस्तै सिता राना मगर ३, रेखा रावल, इन्दु बर्मा र नेरी थापाले समान ११ विकेट लिए । 

    उक्त जितसँग ललितपुरले २ अंक जोडेको छ । यस्तै आजै भएको पहिलो खेलमा ललितपुर मेयर्स-११ लाई ५१ रनले हराउँदै सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट