शनिबार, श्रावण ३० गते २०८३
images
images

अन्तर्राष्ट्रिय फुटबलबाट सुजलको सन्यास

एक्सप्रेस पाना
चैत्र ९, २०७९ बिहीबार
  • 265
    SHARES
  • अन्तर्राष्ट्रिय फुटबलबाट सुजलको सन्यास

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली महत्वपूर्ण सदस्य तथा मछिन्द्र फुटबल क्बलका कप्तान सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबल बाट सन्यासको घोषणा गरेको छन् । 

    images

    बिहिबार ब्यावसायिक खेलका लागि अस्ट्रेलिया जानु अघि सन्यासको घोषणा गरेका हुन् । 

    सुजलले सामाजिक सञ्जाल फेसबुक मार्फत सन्यासको घोषणा गरेका हुन् । 

    images

    सुजलले नेपालको राष्ट्रिय टीमबाट ५१ खेल खेल्दै ३ गोल गरेका छन् । उनले नेपालका लागि सन् २०११ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यू गरेका थिए । सुजलकै कप्तानीमा मछिन्द्र फुटबल क्लबले लगातार दुई पटक सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको थियो । 

    २०७३ सालमा मलेसियामा राष्ट्रिय टोलीले एएफसी सोलिडारिटी कप च्याम्पियन बन्दा मकाउविरुद्धको फाइनलमा सुजलनै गोल गरेका थिए । त्यस्तै १३औं सागमा उनकै कप्तानीमा नेपालले स्वर्ण पदक रक्षा गरेको थियो । 

    पछिल्लो समय नेपाली फुटबल खेलाडी विदेशीने क्रममा रोकिएको छन् । पछिल्लो पटक सुजल श्रेष्ठ र रञ्‍जित धिमाल अस्ट्रेलिया जाने भएका हुन् । सुजल र रञ्‍जित अष्ट्रेलियामा फुटबल खेल्ने गरी जान लागेका हुन् । 

    यस अघि विशाल राईसहित एन्फा एकेडेमीका उत्पादन हेमन्त थापा मगर, सुमन लामा, दर्शन गुरुङ, हेमन गुरूङ, एलन न्यौपाने,  सुलभ मास्के, राजन गुरूङ, मिक्छेन तामाङ, रुमेश बर्तौला, रवि थिङ र अमिर श्रेष्ठ, विमल राना, आशिष लामा, सन्तोष तामाङ लगायतका दुई दर्जनभन्दा बढी खेलाडीहरू अस्ट्रेलिया गएका छन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल