शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बागमती खप्तड गोल्डकपको क्वार्टरफाईनलमा

एक्सप्रेस पाना
चैत्र १०, २०७९ शुक्रबार
  • 271
    SHARES
  • बागमती खप्तड गोल्डकपको क्वार्टरफाईनलमा

    बागमती युथ क्लब सर्लाही मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । बिहीबार धनगढी रंगशालामा भएको उद्घाटन खेलमा विभागीय टिम एपीएफलाई १-० गोल अन्तरले हराउँदै बागमती युथ प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको हो । 

    images

    बागमतीको जितमा अनिल राना मगरले गोल गरे । बागमतीले सेमिफाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ । 

    सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगिताको छैटौं संस्करणको उद्घाटन गरेका थिए । उनले सुदूरपश्चिम प्रदेश सरकार यस क्षेत्रको खेल विकासका लागि सधै सकारात्मक रहेको भन्दै प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए । 

    images

    सुदूरपश्चिम प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक बहादुर सिंहले प्रदेशको खेलकुद विकासका लागि सरकारले बजेटमा वृद्धि गर्नुपर्ने धारणा राखेका थिए । उनले प्रदेशको खेलकुदमा लगानी गरेको खण्डमा यस क्षेत्रका खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा राम्रो नतिजा दिने दाबी गरे । 

    आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले प्रदेशको गौरवको रुपमा रहेको खप्तड गोल्डकप प्रतियोगिता आयोजनाका लागि सहयोग पुर्याउने प्रदेश सरकार सहित सम्पुर्ण नीजि र सरकारी निकायप्रति आभार प्रकट गरेका थिए । बिहीबार सुरु प्रतियोगिता चैत १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा ६ ए डिभिजन, २ विदेशी र एक मोफसल र आयोजक गरि १० टिम सहभागी छन् । 

    प्रतियोगिताको दोस्रो खेलमा शुक्रबार ए डिभिजन क्लब खुमलटार एफसी र एभिनिर एफसी क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

  • सम्बन्धित विषय:

  • # फुटबल