शुक्रबार, श्रावण २९ गते २०८३
images
images

युरोकप छनोट : पोर्चुगलको विजयी सुरुवात, रोनाल्डोले बनाए नयाँ रेकर्ड

एक्सप्रेस पाना
चैत्र १०, २०७९ शुक्रबार
  • 367
    SHARES
  • युरोकप छनोट : पोर्चुगलको विजयी सुरुवात, रोनाल्डोले बनाए नयाँ रेकर्ड

    काठमाडौँ । पोर्चुगलले युरोकपको छनोटमा विजयी शुरुवात गरेको छ । बिहिवार राति भएको खेलमा पोर्चुगलले लिएचटेनस्टेइनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

    images

    पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने जोआओ क्यान्सेलो र बेर्नान्डो सिल्भाले १/१ गोल गरेका थिए ।

    उक्त जितसँगै पोर्चुगलले युरोकप छनौटको समुह जे मा महत्वपूर्ण ३ अंक जाडेको छ ।

    images

    May be an image of 1 person and playing a sport

    साथै यस खेलमा खेलेसँगै रोनाल्डोले नयाँ रेकर्ड आफ्नो नाममा लेखाएका छन् । रोनाल्डो विश्वमै सबैभन्दा धेरै अन्तर्राष्टिय खेल खेल्ने खेलाडी बनेका छन् । उनले १९७ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यसअघि रोनाल्डो कुवेतका बादेर अल मुतावासँगै १९६ अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

    साथै विश्वमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने रेकर्ड पनि रोनाल्डोकै नाममा रहेको छ । रोनाल्डोले अहिलेसम्म १९७ खेलमा १२० अन्तर्राष्टिय गोल गरेका छन् ।

    युरोकप छनौट अन्तर्गत पोर्चुगलले अब मार्च २७ मा लक्जेम्बर्गसँग खेल्ने तालिका रहेको छ ।

    May be an image of 3 people

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # Ronaldo