शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एपिएफको लगातार दोस्रो जित

एक्सप्रेस पाना
चैत्र १०, २०७९ शुक्रबार
  • 250
    SHARES
  • एपिएफको लगातार दोस्रो जित

    काठमाडौं । विभागिय टोली नेपाल एपिएफ महिला टोलीले राजधानीमा जारी ललितपुर मेयर्स महिला कप अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा विजयी भएको छ । 

    images

    त्रिवि क्रिकेट मैदानमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई १५ रनले हराउँदै जारी प्रतियोगितमा दोस्रो जित निकलेको हो । 

    एपिएफले दिएको १२२ रनको लक्ष्य पछ्याएको सुदूर निधारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रन मात्रै बनाउन सक्यो । सुदूरका लागि कविता कुवँरले सर्वाधिक ५१ रनको अर्धशतकीइ पारी खेलिन् ।

    images

    सम्झना खड्काले १७ र कविता जोशिले २६ रन बनाईन् । 

    यता एपिएफका लागि बलिंगमा सोमन बिष्टले २, इन्दु वर्मा र सिता राना मगरले समान १ विकेट लिईन् । 

    त्यअघि पहिले ब्याटिंग गरेको एपिएफ निर्धारित २० ओभरमा २ विकेट गुमाएर १२१ रन बनाएको थियो । उसका लागि कप्तान सिता राना मगरले ५२ रनको अर्धशतकीय पारी खेलिन् । यस्तै इन्दु वर्मा ४५ रन र जोति पाण्डेले १३ रन बनाईन् । 

    उक्त जितसँगै एपिएफले दोस्रो जित निकालेको छ । एपिएफले आफ्नो पहिलो खेलमा प्रदेश प्रदेशलाई १० विकेटले पराजित गरेको थियो भने सुदूरले आयोजक ललितपुर मेयर्स ११ लाई ५१ रनले पराजित गरेको थियो । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट