शुक्रबार, भाद्र २६ गते २०८३
images

दयाहाङ र मिरूना अभिनीत  'जारी' को ट्रेलर सार्वजनिक (भिडियो)

एक्सप्रेस पाना
चैत्र १०, २०७९ शुक्रबार
  • 333
    SHARES
  • दयाहाङ र मिरूना अभिनीत  'जारी' को ट्रेलर सार्वजनिक (भिडियो)

    काठमाडौं । अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म 'जारी' को ट्रेलर सार्वजनिक भएको छ ।

    images

    शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा दयाहाङ राई र मिरुना मगरबीच माया र उनीहरूको सम्बन्धमा आएको उतारचढावलाई देखाइएको छ ।

    लिम्बु समुदायको प्रेमकथामा आधारित फिल्ममा आफ्नी श्रीमतीलाई फिर्ता ल्याउन पुरूषले गर्नु परेको संघर्षलाई देखाइनेछ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन् । 

    images

    बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ । 

    यसअघि अभिनेता दयाहाङ र मिरुना ‘कबड्डी ४’ मा एकसाथ देखिएका थिए । उक्त फिल्मले नेपालमा सर्वाधिक कमाउने रेकर्ड राखेको थियो ।

    यो फिल्म आगामी वैशाख १ गतेदेखि प्रदर्शन हुँदैछ । यही मितिमा दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत फिल्म ‘बिहे पास’ पनि प्रदर्शन हुनेछ ।