काठमाडौं । क्यामरुनको एभिनर फुटबल क्लब धनगढीमा जारी छैठौं संस्कराणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार धनगढी रंगशालामा भएको खेलमा ‘ए’ डिभिजन क्लब एफसी खुमलटारलाई ३-१ गोल अन्तरले हराउँदै विदेशी टोलीले अन्तिम चारको स्थान बनाएको हो ।
एभिनरले खेलको लागि खेलको आठौं मिनेटमा कोन्फोरको गोलले गोलगर्दै सुरुवाती अग्रता दिलाएका थियो ।
तर। खेलको ३६ औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै खुमलटारलाई बराबरीमा ल्याएपछि पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो ।
दोस्रो हाफमा एभिनरका मोसिसले लगातार दुई गोल गर्दै विदेशी टोलीलाई क्वाटर फाइनलको यात्रा तय गराए । उनले खेलको ६६औं र ७२औं मिनेटमा गोल गरेका थिए ।
एभिनरले अब सेमिफाइनलमा बागमती युवा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत शनिबार नेपाल पुलिस क्लब र भारतीय क्लब जर्जियनबीच प्रतिस्पर्धा हुनेछ ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । जारी प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ ।



