काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार भुटान र लाओसबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेल साँझ ६ बजे सुरु हुनेछ ।
थ्री नेसन्स कपमा भुटानले पहिलो खेल खेल्न लागेको हो । भुटान अजको खेलमा जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेको छ ।
लाओसको यो दोस्रो खेल हो । लोआस पहिलो जित निकाल्दै फाइनलको सम्भावना कायम राख्न चाहन्छ । नेपालले पहिलो खेलमा लाओसलाई २(० ले हराएको थियो ।
प्रतियोगितामा आयोजक नेपालसहित भुटान र लाओसको सहभागिता रहेको छ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।



