काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कप महिला टी२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले लगातार दोस्रो हार व्यहोरेको छ ।
सुदूरपश्चिम प्रदेशले मधेसलाई ७ विकेट पराजित गरेको हो ।
टियु मैदान कीर्तिपुरमा मधेशले दिएको मधेशले दिएको ६५ रनको लक्ष्य सुदूरले १० ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरका लागि रितु कनौजियाले २१ तथा रुबी पोदारले अविजित १४ रन बनाईन् ।
यता मधेशका लागि सरस्वती चौधरी, सन्तोषी चौथरी र अनुराधा चौधरीले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेशले १९ ओभरमा अलआउट हुदै ६४ रन बनायो ।
मधेशका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५/१५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका लागि लक्ष्मी साउदले ३ तथा सम्झना खड्का र रितु कनौजियाले समान २/२ विकेट लिईन् ।
आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र विभागिय टोली नेपाल एपीएफ क्लबबीचमा प्रतिस्पर्धा हुदैछ । खेल दिउसो १ बजे सुरु हुनेछ ।



