काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स महिला टि-२० च्याम्पियन्सीपमा विभागिय टोली एपिएफले लगातार तेस्रो जित निकालेको छ ।
शनिबार त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशले दिएको ८८ रनको लक्ष्य एपिएफले १८.१ ओभरमा ३ विकेट गुमाएर ८८ रन बनाउँदै लक्ष्य पूरा गर्यो ।
एपिएफका लागि कप्तान सिता राना मगरले १९, इन्दु बर्मा १८ र जोति पाण्डेले ११ रन बनाईन् । यस्तै रोमा थापा ११ र ममता चौधरीले २१ रन बनाईन् ।
कोशी प्रदेशको लागि निशा शाह, कप्तान रुविना क्षेत्रि र एलिसा खडियाले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिंग गरेको कोशी प्रदेशले निर्धारीत २० ओभरमा ५ विकेट गुमाएर ८७ रन बनाएको थियो ।
उसका लागि कालज श्रेठ २९, रुविना क्षेत्रि २४ र अप्सरी बेगमले २२ रन बनाइन् ।
यो जितसँगै एपिएफले लगातार तेस्रो जित निकाल्दै जारी प्रतियोगितामा एक खेल अगाबै फाइनलको यात्रा तय गरेको छ ।
यता पराजित कोशीले भने २ खेल खेल्न बाँकी रहेको छ । उसले २ खेलबाट २ अंक बनाएको छ ।
यस्तै आजै भएको पहिलो खेलमा मधेस प्रदेशलाई ७ विकेटले हराउँदै सुदूरपश्चिक प्रदेश तीन खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।



