शनिबार, श्रावण ३० गते २०८३
images
images

मनाङले जित्यो सिजनको दोस्रो उपाधि

एक्सप्रेस पाना
चैत्र ११, २०७९ शनिबार
  • 266
    SHARES
  • मनाङले जित्यो सिजनको दोस्रो उपाधि

    काठमाडौं । मनाङ मर्स्याङदी फुटबल क्बलले जारी सिजन अन्तर्गत मोफसलको दोस्रो उपाधि जितेको छ । 

    images

    मनाङले सिजनको दोस्रो उपाधिको रुपमा २२औं तिलोत्तमा गोल्डकपको उपाधि जितेको हो । 

    रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा शनिबार भएको फाइनल खेलमा सडन डेथमा ८-७ गोल अन्तरले सुदूरपश्चिम-११ लाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लबले उपाधि जितेको हो ।   

    images

    निर्धारित ९० मिनेटको समयमा दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउट हुदै सडनडेथबाट भएको थियो । टाई ब्रेकरमा दुवै टिमले ४-४ गोल गरेपछि खेल सडनडेथमा पुगेको थियो । 

    प्रतियोगिताको विजेता मनाङले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेता सुदूरपश्चिम-११ ने ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

    तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएका थिए । 

     

  • सम्बन्धित विषय:

  • # फुटबल