काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा लाओसले पहिलो जित निकालेको छ ।
शनिबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानलाई २-१ गोलले हराउँदै जित निकालेको छ ।
लाओसको जितमा बोनफञ्चन बोङ्कनले २ गोल गरे । यता भुटानको लागि कप्तान चेन्चो ग्याल्टसेनले एक सान्त्वना गोल गरे ।
खेलको तेस्रो मिनेटमै लाओसको लागि बोनफञ्चनले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३५औं मिनेटमा भुटानका लागि चेन्चोले गोल गरि पहिलो हाफ भरि १-१ गोलको बराबरी अबस्थामा ल्याए ।
त्यस्तै दोस्रो हाफको खेलको ७१औं मिनेटमा लाओसको लागि बोनफञ्चनले पुन दास्रो गोल गरि खेल २-१ गोलको अबस्थामा ल्याए ।
उक्त जितसँगै लाओसले फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ भने भुटानले अर्को खेलमा नेपालसँग प्रतिस्पर्धा गर्ने छ । उक्त खेलमा भुटानले नेपाललाई फराकिलो अन्तरमा पराजित गरेको खण्डमा भुटान फाइनलमा पुग्नेछ ।



