गोरखा । द ओसन क्बलको आयोजनामा यहिँ चैत्र २७ गतेदेखि सुरु हुने आठौ ओसन कप २०७९ यू-१३ राष्ट्रिय फुटबल प्रतियोगितामा १२ टोलीको सहभागिता रहने भएको छ ।
४ दिनसम्म चल्ने यस प्रतियोगिताको विजेता नगद २० हजार ट्रफी मेडल पाउने छन् । यस्तै उपविजेताले नगद १० हजार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जाएको छ ।
प्रतियोगितामा गोरखा, तनहँ, स्यांजा, काठमाडौं, भक्तपुर, सिमरा र झापाका क्लबहरुको सहभागिता रहने छन् । सहभागि सबै टोलीको खाना र बस्ने ब्यबस्था आयोजक द ओसन क्बलले नै गरेको छ भने प्रतियोगिता नकआउटको आधारमा सञ्चालन हुने समेत आयोजकले जनाएको छ ।




