शुक्रबार, श्रावण २९ गते २०८३
images
images

थ्री नेसन्स कप : आज नेपाल र भुटान भिड्दै

एक्सप्रेस पाना
चैत्र १४, २०७९ मंगलबार
  • 299
    SHARES
  • थ्री नेसन्स कप : आज नेपाल र भुटान भिड्दै

    काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको तेस्रो खेल आज आयोजक नेपाल र भुटानबीचको खेल हुदै छ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज नेपाल र भुटानले साँझ ६ प्रतिस्पर्धा गर्ने छन् ।

    पहिलो खेलमा नेपालले लाओसलाई र दोस्रो खेलमा लाओसले भुटानलाई पराजित गरेका थिए ।

    images

    अब यस खेलको नतिजापछि फाइनलमा पुग्ने दुई टिमको टुंगो लाग्ने छ । नेपालले भुटानसँग कम्तिमा बराबरी खेलेमा पनि फाइनलमा पुग्ने छ भने भुटानका लागि फाइनलमा पुग्न फराकिलो जित आवश्यक रहेको छ ।

    सिङ्गल राउन्ड रोबिनका आधारमा हुने उक्त खेलमा उत्कृष्ट दुई टोलीले यही चैत १७ गते फाइनल खेल्नेछन् ।

    यस प्रतियोगिता विजेता टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन्, भने उपविजेता हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् ।  त्यसैगरी हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई २५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ ।

    त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीलाई पाँच सय अमेरिकी डलर प्रदान गरिने छ । उक्त प्रतियोगितको पुरस्कार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रदान गर्ने आयोजक एन्फाले जनाएको छ । 

    त्यस्तै उक्त प्रतियोगिताको खेल र्हेर्नका लागि एन्फाले साधारण प्याराफिटतर्फ पाँच सय र भिआईपीतर्फ एक हजार मूल्य तोकिएको छ ।

    यस प्रतियोगिताको लागि एक करोड ७५ लाख ६६ हजार चार सय ८० खर्च लाग्ने एन्फाले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल