शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता, के भयो कुराकानी?

एक्सप्रेस पाना
चैत्र १४, २०७९ मंगलबार
  • 297
    SHARES
  • प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता, के भयो कुराकानी?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको हो । प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले सरकार विस्तारको विषयमा उहाँहरुबीच महत्वपूर्ण छलफल भएको हो ।

    आज अपराह्न ४ बस्ने बस्न लागेको सत्तारुढ गठबन्धनको बैठक अघि उहाँहरुबीच भेट भएको हो । छलफलमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला पनि सहभागी रहेका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # प्रचण्ड