शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ललितपुर मेयर्स-११ सबै खेलमा पारजित, एपिएफ ३७ रनले पराजित

एक्सप्रेस पाना
चैत्र १४, २०७९ मंगलबार
  • 252
    SHARES
  • ललितपुर मेयर्स-११ सबै खेलमा पारजित, एपिएफ ३७ रनले पराजित

    काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स-११ राष्ट्रिय महिला टि२० क्रिकेटमा आयोजक ललितपुर मेर्यस-११ समूह चरणका सबै ४ खेलमा पराजित भएको छ । 

    images

    मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपिएफले दिएको १११ रनको लक्ष्य पछ्याएको मेर्यस ११ निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७३ रन मात्रै बनाउन सक्यो र एपिएफ ३७ रनले विजयी भयो । 

    खेलमा एपिएफका लागि राजमती ऐरीको उत्कृष्ट खेल प्रदर्शन गरिन् । उनी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

    images

    मेयर्स ११ का लागि सोनी पाख्रिनले सर्वाधिक १५ रन, लक्ष्मि चौथरी र सिमाना केसीले समान १०/१० रन बनाए । 

    यता एपिएफका लागि राजमती एैरी र विन्दु बुडाले समान २/२ विकेट लिइन् । 

    यता कप्तान सिता राना मगर र सुस्मा श्रेष्ठले समान १/१ विकेट लिईन् । 

    त्यसअघि पहिले ब्याटिंग गरेको एपिएफले राजमती ऐरीको सर्वाधिक ४१ रनको सहयोगमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो । 

    उक्त जितसँगै एपिएफले ४ खेलमा ८ अंक जोडेको छ । एपिएफ यसघि नै फाइनल प्रवेश गरेको छ । भने मेयर्स-११ सबै खेलमा पराजय ब्यहोर्दै प्रतियोगितामा विना अंक समापन गरेको छ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट