शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कोशी ललितपुर मेयर्स कपको फाइनलमा, उपाधिको लागि एपिएफसँग खेल्ने

एक्सप्रेस पाना
चैत्र १४, २०७९ मंगलबार
  • 378
    SHARES
  • कोशी ललितपुर मेयर्स कपको फाइनलमा, उपाधिको लागि एपिएफसँग खेल्ने

    काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर महिला च्याम्पियनसिप टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ को फाइनलमा कोशी प्रदेश प्रवेश गरेको छ । 

    images

    आज सम्पन्न खेलमा मधेश प्रदेशलाई ६२ रनले स्तब्ध पार्दै कोशीले फाइनलमा स्थानमा सुरक्षित गरेको हो ।  

    कोशीले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेटको गुमाएर ४३ रन मात्रै बनाउन सक्यो। 

    images

    मधेशका लागि सरस्वती कुमारीले सर्वाधिक १० रनको योगदान गरिन् । 

    कोशीका लागि कप्तान रुविना क्षेत्री,अलिशा खडियाले समान २/२ तथा निशा शाहले १ विकेट हात पारिन् ।  

    त्यसअघि त्रिवि मैदान टस हारेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १ सय ५ रन बनायो ।  

    जसमा कप्तान रुविना क्षेत्रीले ३९तथा कांजल श्रेष्ठले २२ रन बनाईन् । अप्सरी वेगमले १९ रनको योगदान गरिन् ।  

    मधेशकी सन्तोशी चौधरी,अमिरन निशा र अमिशा पटेलले समान २/२ विकेट हात पारिन् ।   

    फाइनल पुगेको कोशीले एपीएफसँग चैत १६ गते फाइनल  खेल्नेछ । 

    प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश,नेपाल एपिएफ क्लब,मधेश प्रदेश र ललितपुर मेयर्स ११ को सहभागिता रहेको थियो  ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट