शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल र भुटानको ऐतिहासिक रोमाञ्क बराबरी

एक्सप्रेस पाना
चैत्र १४, २०७९ मंगलबार
  • 241
    SHARES
  • नेपाल र भुटानको ऐतिहासिक रोमाञ्क बराबरी

    जारि प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा भुटान र नेपालले ऐतिहासिक बराबरी खेलेका छन्। त्रीश्वरस्थित दशरथ रंगशालामा भर्खरै समपन्न खेलमा भुटान र  नेपालले १-१ गोलको बराबरी खेलेका छन्।

    images

    नेपाल र भुटानबिचको खेल बराबरी भएको यो पहिलो पटक हो। यसअघि नेपालले खेलेका सबै १३ खेल जितेको थियो। 

    खेलको अन्तिम मिनेटमा दिपक सिंह ठकुरिले शानदार डेब्यु गोल गर्दै नेपाललाई पराजयबाट बचाएपछि खेल बराबरीमा सकिएको हो। टिममा डेब्यु गरेको दोस्रो खेलमै ठकुरिले गोल गरेका हुन्। उनी अन्जन विष्टको स्थानमा दोस्रो हाफमा मैदान छिरेका थिए।

    images

    भुटानका लागी खेलको १९ औ मिनेटमा डिफेन्डर तेन्जीन नोर्वुले उत्कृष्ट हेडर गोल गर्दै टिमलाई सुरुवाती १-० गोलको अग्रता दिलाएका थिए। दावा छिरिङले प्रहार गरेको कर्नर किकमा नोर्वुलो गोल गरेका हुन्। 

    ए डिभिजन लिगमा घाइते भएर दुई सातापछि मैदान फर्किएका नेपालका मुख्य फर्वाड अन्जन विष्ट पुन घाइते भएका छन्। दोस्रो हाफको सुरुवातमा विपक्षीका गोलकिपरसंग ठोकिएपछि गम्भिर घाइते हुदै मैदान छाडेका हुन्। यस खेल हेर्नका लागी ६ हजार ६ सय ४० दर्शकको उपस्थिति रहेको थियो।

     

  • सम्बन्धित विषय:

  • # फुटबल