शुक्रबार, श्रावण २९ गते २०८३
images
images

स्कटल्याण्डसँग स्पेन स्तब्ध, क्रोसिया र वेल्स विजयी

एक्सप्रेस पाना
चैत्र १५, २०७९ बुधबार
  • 242
    SHARES
  • स्कटल्याण्डसँग स्पेन स्तब्ध, क्रोसिया र वेल्स विजयी

    काठमाडौँ । युरोकप छनौट फुटबल अन्तर्गत स्पेन स्कटल्याण्डसँग पराजित भएको छ ।

    images

    मंगलबार राति भएको खेलमा स्कटल्याण्डले स्पेनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    स्कटल्याण्डको जितमा स्कट म्याकटोमीनीले दुवै गोल गरेका थिए । उनले खेलको सातौं र ५१औं मिनेटमा गोल गरेका थिए ।

    images

    उक्त जितसँगै स्कटल्याण्डले युरोकप छनौटका शुरुका दुवै खेल जितेर ६ अंकसहित समुह ए मा शिर्ष स्थानमा रहेको छ । पराजित स्पेनको भने २ खेलमा ३ अंक हासिल गरेको छ ।

    मंगलबार राति नै भएको युरोकप छनौट अन्तर्गत क्रोसियाले टर्कीलाई पराजित गरेको छ । क्रोसियाले टर्कीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    क्रोसियाको जितमा दुवै गोल माटेओ कोभाकिकले गरेका हुन् । उनले दुवै गोल खेलको पहिलो हाफमा गरेका थिए ।

    उक्त जितसँगै क्रोसियाको समुह डी मा २ खेलमा ४ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।

    त्यस्तै यसै समुहमा रहेको वेल्सले लात्भियालाई १-० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ । वेल्सको पनि २ खेलमा ४ अंक भएको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल