शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गठबन्धनको बैठक छोडेर प्रधानमन्त्री प्रचण्ड चितवनमा

एक्सप्रेस पाना
चैत्र १६, २०७९ बिहीबार
  • 244
    SHARES
  • गठबन्धनको बैठक छोडेर प्रधानमन्त्री प्रचण्ड चितवनमा

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको बैठक छोडेर चितवन गएका छन् ।

    images

    बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठक छाडेर प्रधानमन्त्री प्रचण्ड केहीबेर अघि उनी बालुवाटारबाटै हेलिकोप्टरमार्फत चितवनतर्फ लागेका हुन् । 

    चितवनस्थित विमानस्थल भवनको शिलान्यासका लागि प्रधानमन्त्री चितवन गएको उनको सचिवालयले जानकारी दिएको छ ।

    images

    गठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएसँगै मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका प्रधानमन्त्री प्रचण्डले बिहान गठबन्धन दलका नेताहरुसँग संयुक्त छलफल गरेका थिए ।

    प्रधानमन्त्री प्रचण्ड चितवनबाट दिउँसो १ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको छ । उनले काठमाडौं फर्किएसँगै उनले सरकार विस्तार गर्ने तयारी गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्ड गठबन्धनको बैठक छाडेर चितवन गएपनि अन्य दलका नेताहरु बालुवाटारमै छलफल गरिरहेका छन् ।

    गठबन्धनमा मन्त्रालयको संख्यामा समझदारी जुटेपनि कुन मन्त्रालय कुन दललाई दिने भन्ने टुंगो लागिसकेको छैन ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड