काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स महिला टि२० क्रिकेटको फाइनल खेलमा एपिएफले कोशी प्रदेशलाई १५५ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हाररे पहिले ब्याटिंग थालेको एपिएफले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १५४ रन बनाएपछि कोशीले १५५ रनको विशाल लक्ष्य पाएको हो ।
एपिएफकी कप्तान सिता राना मगर र इन्दु वर्माको १३६ रनको सानदार साझेदारीले एपिएफले १५५ रन बनाएको हो ।
एपिएफका लागि कप्तान सिता राना मगरले ७९ को सानदार ब्याटिंग गरिन । सीताले ९ चौका र २ छक्का प्रहार गरिन् । यस्तै इन्दु वर्माले ५१ रन बनाइन् ।
ओपनर जोति पाण्डेलाई २ रनमा गुमाएको एपिएफका लागि सिता र इन्दुले सानदार परि खेले ।
यता कोशीका लागि अलिशा खडियाले एक विकेट लिइन् ।
यो ललितपुर मेयर्स कपको नै सर्वाधिक ठूलो योगफल हो । यस अघि २०२१ को पहिलो संस्करणमा ललितपुर मेयर्स ११ ले लुम्बिनी प्रदेशविरुद्ध १ सय ४४ रन बनाएको थियो ।
पराजित रुपमा फाइनलमा स्थान बनाएको एपीएफले समूह चरणको खेलमा कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो ।
गत वर्षको फाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो । तेस्रो संस्करणमा कोशी भने पहिलो पटक फाइनल खेल्न लागेको हो ।



