शनिबार, श्रावण ३० गते २०८३
images
images

ए डिभिजन लिग : १३औं चरणसम्मको खेल तालिका सार्वजनिक

एक्सप्रेस पाना
चैत्र १६, २०७९ बिहीबार
  • 256
    SHARES
  • ए डिभिजन लिग : १३औं चरणसम्मको खेल तालिका सार्वजनिक

    काठमाडौं । यस सिजनको सहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत १३औँ चरणसम्मको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार १३औँ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।

    images

    यसअघि पाँचौँ चरणसम्मका खेल सम्पन्न भएर ए डिभिजन लिग रोकिएको थियो । अब छैटौँ चरणका खेल चैत २० गतेबाट सुरु हुनेछन् । छैटौँ चरणको पहिलो खेलमा संकटा क्लबले खुमलटार युथ क्लबसँग चैत २० गते एन्फा कम्प्लेक्स मैदानमा खेल्नेछ । यही दिन दोस्रो खेलमा नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लबसँग च्यासल मैदानमा खल्नेछ ।

    पाँचौँ चरणम्मको खेल सकिँदासम्म सातदोबाटो युथ क्लब लिगको शीर्ष स्थानमा रहेको छ । पाँच खेलबाट चार खेलमा जित र एक खेलमा हार ब्यहोरेको सातदोबाटोको १२ अंक छ । लिगको दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दीले पाँचखेलमध्ये तीनमा जित, र दुई खेलमा बराबरी खेल्दै ११ अंक बनाएको छ । लिगको तेस्रो स्थानमा रहेको चर्च ब्वाइज युनाइटेड क्लबको पाँचखेलमध्ये तीन खेलमा जित र दुई खेलमा बराबरीसहित ११ अंक छ ।

    images

    लिगको पुछारमा नेपाल पुलिस क्लब छ । पुलिसले पाँचखेलमध्ये एक खेलमा बराबरी र चार खेलमा हारसहित एक अंक बनाएको छ ।

    खेल तालिकाः

    No photo description available.

    No photo description available.

  • सम्बन्धित विषय:

  • # फुटबल