शनिबार, श्रावण ३० गते २०८३
images
images

थ्री स्टार क्लव खप्तड गोल्डकपको फाइनलमा

एक्सप्रेस पाना
चैत्र १६, २०७९ बिहीबार
  • 240
    SHARES
  • थ्री स्टार क्लव खप्तड गोल्डकपको फाइनलमा

    आयोजक टोली सुदूरपश्चिम–११ लाई हराउँदै थ्री स्टार क्लव छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

    images

    विहिबार धनगढी रंगशालामा भएको खेलमा आयोजकलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै थ्री स्टार फाइनलमा पुगेको हो । थ्री स्टारले अब उपाधिका लागि शनिबार मनाङ मस्र्याङ्दी क्लवसंग खेल्नेछ ।

    खेलको ३०औं मिनेटमा पहेलो कार्ड पाएका थ्री स्टारका दिपेश गुरुङ ४४औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए  । थ्री स्टार क्लव १० खेलाडीमा सिमित भएपनि पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । 

    images

    बिक्रम लामाले ८३औं मिनेटमा हेडरबाट गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा आयोजक टीमका माधव भण्डारीले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्याएका थिए । 

    पेनाल्टी सुटआउटमा सुदूरपश्चिम–११ का विष्णु चौधरी र विमल ओलीको प्रहार थ्री स्टारका गोलकिपर मोहम्मद टाहाले रोकेका थिए ।

    थ्री स्टारका बिक्रम लामा, आदित्य शाक्य, अशोक खवास र माथिन्जाको प्रहार सफल भएको थियो । सुदूरपश्चिमका फागुराम थारु र माइकल शाहीको प्रहारले जाली चुमेको थियो । खेलको ‘एसपीए म्यान अफ दि म्याच’ थ्री स्टारका कप्तान बिक्रम लामा घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । 

    यसअघि नै क्यामरुनको एभिनर फुटबल क्लवलाई हराउर्दै मनाङ मस्र्याङ्दी क्लव प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ । मोफसलको सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

  • सम्बन्धित विषय:

  • # फुटबल