काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आज फाइनल खेल हुँदैछ ।
फाइनलमा आयोजक नेपालले आज लाओसको सामना गर्दैछ । दशरथ रंगशालामा हुने फाइनल खेल साँझ साढे ५ बजेदेखि शुरु हुने छ ।
नेपालले यस अघि लाओसलाई २-० गोल अन्तरले पराजित गरेको थियो भने भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै नेपालसँग हारेको लाओसले भुटानमाथि २-१ को जित निकालेको थियो ।
यस प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर पाउने छन् भने उपविजेताले ३ हजार अमेरिकी डलर पाउने छन् ।



