शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आइपिएल आजदेखि शुरु हुदै

एक्सप्रेस पाना
चैत्र १७, २०७९ शुक्रबार
  • 285
    SHARES
  • आइपिएल आजदेखि शुरु हुदै

    काठमाडौँ । विश्वकै सर्वाधिक चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल) को १६औं सिजन आजदेखि सुरु हुँदैछ । 

    images

    उद्घाटन खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स र ४ पटकको विजेता चेन्नई सुपर किंग्सबीच हुनेछ ।

    प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । जसमा मुम्बई इण्डियन्स, चेन्नई सुपरकिंग्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स, कोलकोता नाइटराइडर्स, पञ्जाव किंग्स गुजरात टाइटन्स, लखनउ सुपरजाइन्ट र रोयल च्यालेन्जर्स बैंगलोर रहेका छन् ।           

    images

    मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स आइपिएलका सबैभन्दा सफल दुई टोली हुन् ।

    मुम्बईले अहिलेसम्म पाँच पटक आइपिएलको उपाधि जितेको छ । मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आइपिएलको उपाधि जितेको थियो । त्यस्तै चेन्नईले २०१०, २०११, २०१८ र २०२१ मा आइपिएलको उपाधि जितेको थियो ।

    त्यसैगरी कोलकोता नाइट राइडर्सले २०१२ र २०१४ मा आइपिएल जितेको थियो । त्यसति राजस्थान रोयल्सले २००८, डेकन चार्जरले २००९, सनराइजर्स हैदरवादले २०१६ र गुजरात टाइटन्सले २०२२ को आइपिएल उपाधि जितेका थिए ।        

    दिल्ली क्यापिटल्स, पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । त्यस्तै दोस्रो सिजन खेल्न लागेको लखनऊ सुपरजायन्ट्स पनि उपाधि विहिन रहेको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट