शनिबार, श्रावण ३० गते २०८३
images
images

६१ बर्षपछि विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि

एक्सप्रेस पाना
चैत्र १७, २०७९ शुक्रबार
  • 237
    SHARES
  • ६१ बर्षपछि विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि

    घरेलु टोली विराटनगर सिटी क्लबले सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता २०७९ को उपाधि जितेको छ ।

    images

    विहिबार राति भएको खेलमा विराटनगर सिटी क्लबले भारत केरलाको लुका सकर क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

    विराटनगरस्थित सहिद रङ्गशालामा भएको फाइनल खेलमा विराटनगरका लागि अफीज ओलावाले, विमल घर्ति मगर, मेसोउके ओलोउमोउ र अभिषेक गुरुङले एक एक गोल गरेका थिए । 

    images

    विराटनगर सिटीले पहिलो हाफमा १-० को अग्रता लिएको थियो भने दोस्रो हाफमा तीन गोल गरेको थियो ।

    विराटनगरले पूर्वविजेता नेपाल पुलिस क्लब र जावलाखेललाई हराउँदै फाइनलमा स्थान बनाएको थियो भने विराट गोल्डकपमा पहिलो पटक भाग लिएको लुका सकरले क्वाटरफाइनलमा सङ्कटा क्लबलाई र सेमिफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पाखा लगाउँदै  फाइनलमा स्थान तय गरेको थियो । 

    गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टोलीको सहभागिता रहेको थियो ।

    प्रतियोगिताको विजेता घरेलु टिम विराटनगर सिटीले २० लाख १५ हजार नगद पुरस्कार जितेको छ भने उपविजेता लुका सकरले १० लाख २५ हजार पुरस्कार प्राप्त गरेको छ ।

    विसं  २०१८ मा ‘महेन्द्र गोल्डकप’का नामले सुरू भएको प्रतियोगिता २०५७ सालदेखि ‘विराट गोल्डकप’का रूपमा सञ्चालन हुँदैआएको छ ।  

  • सम्बन्धित विषय:

  • # फुटबल