शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री थ्री नेसन्स कप : लाओसलाई हराउँदै नेपाल च्याम्पियन

एक्सप्रेस पाना
चैत्र १७, २०७९ शुक्रबार
  • 276
    SHARES
  • प्रधानमन्त्री थ्री नेसन्स कप : लाओसलाई हराउँदै नेपाल च्याम्पियन

    काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा नेपालले लाअोसलाई हराउँदै च्याम्पियन बनेको छ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसमाथि २-१ गोलको पुनरागमन जित निकालेको हो । खेलको १७औं मिनेटमा लाओसका लागि फोउचाङभोङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

    तर, २४ औं मिनेटमा नेपालका लागि आयुष घलानले गोल गरि पहिलो हाफ १-१ गोलको बराबरी अबस्थामा ल्याए । यस्तो दोस्रो हाफको खेलको ८७औं मिनेटमा नेपालका लागि मनिष डांगीले सुन्दर गोल गरि नेपालको जित पक्का गरे । यस्तै आजको खेल हेर्न ९ हजार १६५ दर्शक उपस्थित रहेका थिए ।

    images

    प्रतियोगिताको विजेता नेपालले ५ हजार अमेरिकी डलर पायो भने उपविजेता लाओसले ३ हजार अमेरिकी डलरमा चित्त बुझायो ।

  • सम्बन्धित विषय:

  • # फुटबल