शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एसिया छनोटको लागि २२ सदस्यीय महिला फुटबल टोली घोषणा

एक्सप्रेस पाना
चैत्र १८, २०७९ शनिबार
  • 211
    SHARES
  • एसिया छनोटको लागि २२ सदस्यीय महिला फुटबल टोली घोषणा

    काठमाडौँ । पेरिस ओलम्पिकको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि २२ सदस्यीय नेपाली महिला खेलाडीको अन्तिम नाम सार्वजनिक गरिएको छ ।

    images

    शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालमा आयोजना हुने एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको जनाएको छ । छनोट हुने नेपाली टोलीको गोलकिपरमा कप्तान एन्जिलासहित अञ्जना रानामगर र उषानाथ छन् ।

    त्यस्तै, डिफेन्डरमा समीक्षा घिमिरे, हीराकुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना र सिर्जना चेम्जोङ छन् । यसैगरी मिडफिल्डरमा रेनुका नगरकोटी, विमला चौधरी, सरु लिम्बू, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत र अनिता केसी छन् भने फरवार्डमा अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ र निर्मला विक छन् ।ओलम्पिकको एसिया छनोटमा नेपाल समूह ‘सी’मा परेको छ ।

    images

    यस समूहमा नेपाल र भियतनाम छन् । यसै समूहमा रहेका प्यालेस्टाइन र अफगानिस्तानले नखेल्ने भन्दै नाम फिर्ता लिएपछि  दुई टोलीमात्र सहभागी हुन लागेका हुन् ।

    छनोटअन्तर्गत नेपालले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भियतनामसँग दुई खेल खेल्नेछ । नेपालले पहिलो खेल यही चैत २२ गते खेल्ने छ भने दोस्रो खेल चैत २५ गते  खेल्नेछ ।

    छनोटको शीर्षस्थानमा रहने टिमले दोस्रो चरणमा स्थान बनाउने छन् । 

  • सम्बन्धित विषय:

  • # फुटबल