थ्री स्टार क्लबले छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार धनगढी रंगशालामा भएको फाइनलमा ए डिभिजन प्रतिद्वन्दी मनाङ मर्स्याङ्दी क्लबलाई २(० गोल अन्तरले हराउँदै थ्री स्टार च्याम्पियन बनेको हो । उक्त दुबै गोल दोस्रो हाफमा सम्भव बनेको थियो ।
थ्री स्टार पहिलो पटक खप्तड गोल्डकपको च्याम्पियन बनेको हो । मनाङ भने तेस्रो पटक खप्तड गोल्डकपको उपाधि जित्नबाट बन्चित भएको छ ।
थ्री स्टारको जितमा अनिल महर्जन र कप्तान बिक्रम लामाले एक एक गोल गरे ।
उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको मनाङले १० लाख रुपैयाँ प्राप्त गरेको छ ।



