शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चर्च ब्वाइजलाई जितपुर सिमरा गोल्डकपको उपाधि

एक्सप्रेस पाना
चैत्र १९, २०७९ आइतबार
  • 242
    SHARES
  • चर्च ब्वाइजलाई जितपुर सिमरा गोल्डकपको उपाधि

    चर्च ब्वाइज युनाइटेडले १३औं संस्करणको जितपुर सिमरा गोल्डकपको उपाधि जितेको छ ।

    images

    शनिबार भएको फाइनलमा चर्च ब्वाइजले दश खेलाडीमा समेटिएको हिमालयन शेर्पालाई २-० गोलले पराजित गर्दै जितपुर सिमरा गोल्डकपको उपाधि जितेको हो । चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बनेको हो ।

    बारास्थित सिमरा रंगशालामा भएको खेलको छैटौँ मिनेटमै हिमालयन दश खेलाडीमा समेटिएको थियो । शेर्पाका दिवस उराव रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । 

    images

    त्यसपछि खेलको ३५औँ मिनेटमा कप्तान मिलन राईले फ्रि(किकमार्फत गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर बनाए । उपाधिसंगै चर्च ब्वाइजले दश लाख नगद र उपविजेता हिमालयन शेर्पाले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । 

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए । उत्कृष्ट गोलरक्षक चर्चका प्रिसो, डिफेण्डर फ्र्यांकलिन टाला, मिड फिल्डर सुवास गुरुङ र प्रशिक्षक प्रदीप हुमागाईं चुनिएका छन् । 

  • सम्बन्धित विषय:

  • # फुटबल