काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत छैटौं चरणको खेलमा संकटा क्लबले एफी खुमालटारलाई पराजित गरेको छ ।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटाले १-० गोलको जित निकालेको हो ।
संकटाको जितमा खेलको २७औं मिनेटमा जुनियर ओनगुनेले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
उक्त जितसँगै संकटाले ६ खेलबाट ९ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ भने खुमलटार ६ खेलमा ६ अंकसहित नवौं स्थानमा रहेको छ ।



