शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन लिग : आज दुई खेल हुँदै

एक्सप्रेस पाना
चैत्र २१, २०७९ मंगलबार
  • 209
    SHARES
  • ए डिभिजन लिग : आज दुई खेल हुँदै

    काठमाडौँ । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत छैटौं चरणका खेलहरु भइरहेका छन् । 

    images

    लिग अन्तर्गत आज दुई खेल हुने भएका छन् । आजका दुवै खेल २ बजेदेखि शुरु हुनेछ । आज एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुने छ ।

    जारी सिजन जावलाखेल ५ खेलमा १० अंक सहित चौथो स्थानमा छ भने सातदोबाटो ५ खेलमा १२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।  

    images

    त्यस्तै अर्को खेल च्यासल मैदानमा न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडबीच खेल हुने भएको छ । एनआरटी अहिलेसम्म ५ खेलमा २ अंकसहित १३औं स्थानमा रहेको छ भने चर्च ब्वाइजको ५ खेलमा ११ अंक रहेको र अंकतालिकामा तेस्रो स्थानमा रहेको छ ।  

    यस्तै हिजो भएको खेलमा संकटा र एपिएफ विजयी भएका थिए । 

  • सम्बन्धित विषय:

  • # फुटबल