शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जावलाखेल लिगको शिर्ष स्थानमा

एक्सप्रेस पाना
चैत्र २१, २०७९ मंगलबार
  • 207
    SHARES
  • जावलाखेल लिगको शिर्ष स्थानमा

    काठमाडौं । जावलाखेल युथ क्लब राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

    images

    मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थान उक्लिएको हो ।

    जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले एक एक गोल गरेका थिए । त्यस्तै सातदोबाटोका दीपक सिंह ठकुरीले एक गोल फर्काए ।

    images

    जारी लिगमा जावलाखेलको छैटौं खेलमा चौंथो जित हो भने सातदोबाटोको यो दोस्रो हार हो । यो जितपछि जावलाखेलको ६ खेलमा १३ अंक भएको छ र लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी सातदोबाटोको ६ खेलमा १२ अंक छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

    त्यस्तै आजै च्यासल मैदानमा सम्पन्न अर्को खेलमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडले बराबरी खेल्दै अंक बाडेका छन् । च्यासल मैदानमा मंगलबार एनआरटी र चर्च ब्वाइजले २-२ गोलको बराबरी खेलेका हुन् ।

    चर्च ब्वाइजका लागि आशिष चौधरी र कप्तान अनन्त तामाङले एक एक गोल गरेका थिए भने एनआरटीका लागि रोशन खड्गी र सरोज तामाङले एक एक गोल गरेका थिए ।

    उक्त बराबरीसँगै एनआरटीले ६ खेलमा ३ अंक जोडेको छ भने चर्च ब्वाइजको ६ खेलमा १२ अंक भएको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल