काठमाडौँ । साउदी प्रो लिग फुटबल अन्तर्गत अल नासरले अल अदालहमाथि फराकिलो जित निकालेको छ ।
सोमबार राति भएको खेलमा अल नासरले अल अदालहलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र टालिस्काले २/२ गोल गरेका थिए । त्यस्तै आयम्यान याहयाले एक गोल गरेका थिए ।
उक्त जितसँगै अल नासरको २२ खेलमा ५२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको अल इत्तिहादभन्दा अल नासर एक अंकले पछाडी रहेको छ ।
त्यस्तै अल अदालहको भने २२ खेलमा १७ अंक छ र लिगमा १५औं स्थानमा रहेको छ ।



