शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल र भियतनाम भिड्दै

एक्सप्रेस पाना
चैत्र २२, २०७९ बुधबार
  • 304
    SHARES
  • नेपाल र भियतनाम भिड्दै

    काठमाडौं । पेरिस ओलम्पिक छनौट अन्तर्गत एसिया छनोटको पहिलो चरणमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भियतनामको महिला टोलीसँग खेल्ने भएको छ । 

    images

    नेपाल र भियतनामबीचको खेल आज साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ । भियतनामसँग खेल्ने दुई खेल अन्तर्गत पहिलो खेल नेपालले भियतनामसँग आज खेल्न लागेको हो ।

    समूहका प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्रै खेल्न लागेको हो ।

    images

    समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्रै खेल्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

    छनोट खेलमा शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । पहिलो चरणमा एसियाका २६ टोलीलाई सात समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली दोस्रो चरणमा छनोट हुने छन् । ओलम्पिक छनोटको तयारीकै लागि नेपालले गत महिना भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । भारतसँगको दुवै मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो ।

    नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले यस खेलमा नेपालले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । उनले फिफा वरीयताले खेलमा खासै असर नगर्ने बताउर्दै आफनो टोलीले उतकृष्ट खेल खेल्ने विश्वास व्यक्त गरे । फिफा वरियतामा नेपाल भन्दा भियतनाम माथिल्लो स्थानमा छ । 

    प्रशिक्षक थापाले भियतनाम बलियो विपक्षी टोली भएता पनि आफनो टोलीले विगत एक महिनादेखि विशेष तयारी गरिरहेकाले नतिजा आफनो पक्षमा पार्ने बताए ।

    यसैगरी नेपाली टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बाले बलियो टोलीसँग खेल्न आफुहरु तयार रहेको भन्दै वरियताले असर नगर्ने बताइन् ।

    त्यस्तै भियतनामसँगको दोस्रो खेल चैत्र २५ गते शनिबार हुने छ । 

    भियतनामसँग खेल्ने नेपाली महिला फुटबल टिम :
    अन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ, समिक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैशी, बिमला बिक, निशा थोकर, पुजा राना, सिर्जना चेम्जोङ, रेनुका नगरकोटी, बिमला चौधरी, सरु लिम्बु, दिपा शाही, सबिता राना मगर, अनिता बस्नेत, अनिता केसी, अमिषा कार्की, रेखा पौडेल, साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला बिक ।

  • सम्बन्धित विषय:

  • # फुटबल