काठमाडौं । पेरिस ओलम्पिक छनौट अन्तर्गत एसिया छनोटको पहिलो चरणको खेल अन्तर्गत भियतनामविरुद्ध खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ ।
टोलिका मुख्य प्रशिक्षक अन्नतराज थापाले सुरुवाती ११ सार्वजनिक गरेका हुन् ।
भियतनामको महिला टोलीसँग नेपालले आज साँझ ६ बजे दशरथ रंगशालामा खेल्नेछ । भियतनामसँग खेल्ने दुई खेल अन्तर्गत पहिलो खेल नेपालले भियतनामसँग आज खेल्न लागेको हो । दोस्रो खेल आगामी २५ गते हुने ।
नेपालको सुरुवाती-११ : अन्जिला तुम्बापो सुब्बा (कप्तान), समिक्षा घिमिरे, बिमला बिक, अमृता जैशी, हिरा कुमारी भुजेल, अमिषा कार्की, अनिता केसी, सरु लिम्बु, दिपा शाही, सावित्रा भण्डारी र रश्मि कुमारी घिसिङ ।



