शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भियतनामसँग नेपाल पराजित, साम्बाको उच्च प्रदर्शन

एक्सप्रेस पाना
चैत्र २२, २०७९ बुधबार
  • 236
    SHARES
  • भियतनामसँग नेपाल पराजित, साम्बाको उच्च प्रदर्शन

    काठमाडौँ । पेरिस ओलम्पिक अन्तर्गतको पहिलो चरणको छनोटको पहिलो खेलमा नेपाल भियतनामसंग पराजित भएको छ । 
    त्रिपुरेश्विस्थत दशरथ रंगशालामा घरेलु टोलि नेपाल भियतनामसंग ५(१ गोलअन्तरले पराजित भएको हो ।
      
    पहिलो हाफमा केही लय गुमाएको नेपालले ३ गोल व्यहोर्न पुगेको थियो । त्यसपछि नेपालले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गर्दै दुई गोल मात्रै व्यहोरेको हो । नेपाली टिमकी मुख्य फर्वाड सावित्रा भण्डारी साम्बाले उच्च प्रदर्शन गर्दै खेलको ७९औ मिनेटमा शानदार गोल गर्दै नेपालको तर्फबाट गोलको खाता खोल्न सफल भइन् । यो संगै साम्बाले नेपालको लागी ४३औ गोल समेत पुरा गरेकी छिन् ।

    images

    उता भियतनामको जीतमा खेलको ११औ मिनेटमा फाम हाइ येनले हेडिङ मार्फत गोल गर्दै टिमलाई १-० को अग्रता दिलाइन् । खेलको ३६औ मिनेटमा नेपालकी डिफेन्डर हिरा कुमारी भुजेलले आफ्नो डिवक्सभित्र हातले गोल छोएपछि भियतनामले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई  कप्तान हुवान न्युनले सहजै गोलमा परिणत गरिन् । 

    त्यस्तै ३८औ मिनेटमा न्युयेन थी वीचले प्रहार गरेको बल नेपाली डिफेन्डर अमृता जैसीको खुट्टामा ठोक्किएर गोल भएपछि नेपाल ३-० गोलले पछि परेको हो ।

    images

    ४७औ मिनेटमा भियतनामकी कप्तान हुवान न्युनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४-० गोलको अवस्थामा पुर्याइन् । त्यस्तै खेलको अन्तिम समयमा दोस्रो हाफमा मैदान छिरेकी न्युगीन थी थानले गोल गरिन् ।

    अब यी दुईबिचको दोस्रो खेल चैत्र २५ गते हुनेछ ।


     

     

  • सम्बन्धित विषय:

  • # फुटबल