शनिबार, श्रावण ३० गते २०८३
images
images

ए डिभिजन : आज दुई खेल हुँदै

एक्सप्रेस पाना
चैत्र २३, २०७९ बिहीबार
  • 228
    SHARES
  • ए डिभिजन : आज दुई खेल हुँदै

    काठमाडौँ । राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन् । आजका दुवै खेल अपराहन्न २ बजेदेखि शुरु हुने छ ।

    images

    आज एम्फा कम्प्लेक्समा हुने खेलमा मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब खेल्ने छन् भने च्यासल मैदानमा त्रिभुवन आर्मी क्लबले थ्री स्टार क्लबको सामना गर्ने छ ।

    अहिलेसम्म मछिन्द्रले ५ खेलमा ५ अंक हासिल गर्दै लिगमा ११औं स्थानमा छ भने हिमालयन शेर्पाको ५ खेलमा ५ अंक नै छ र लिगमा १०औं स्थानमा रहेको छ ।

    images

    त्यस्तै त्रिभुवन आर्मी क्लबले अहिलेसम्म ५ खेलमा ८ अंक हासिल गर्दै पाँचौं स्थानमा छ भने थ्री स्टार क्लबको ५ खेलमा ७ अंकसहित सातौं स्थानमा रहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # फुटबल