शनिबार, श्रावण ३० गते २०८३
images
images

बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड फाइनलमा

एक्सप्रेस पाना
चैत्र २३, २०७९ बिहीबार
  • 224
    SHARES
  • बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड फाइनलमा

    काठमाडौँ । रियल म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा पुगेको छ ।

    images

    बिहिबार राति कोपा अन्तर्गतको एल क्लासिकोमा बार्सिलोनालाई उसकै घरेलु मैदान क्याम्प नेउमा पराजित गर्दै रियल म्याड्रिड यस सिजनको कोपा डेल रे को फाइनलमा पुगेको हो ।

    दोस्रो लिगमा ४-० गोल अन्तरले पराजित गर्दै समग्रमा रियल म्याड्रिडले ४-१ गोल अन्तरको जित निकालेको थियो ।

    images

    यस खेलमा रियल म्याड्रिडको जितमा करिम बेन्जमाले ह्याट्रिक गरेका थिए । बेन्जमाले खेलको ५०, ५८ र ८०औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । एक गोल भिनिसियस जुनियरले गरेका थिए ।

    रियल म्याड्रिडका लागि बेन्जमाको यो लगातार दोस्रो ह्याट्रिक हो । उनले यस अघि अप्रिल २ मा ला लिगा अन्तर्गतको खेलमा भल्ला डोलीडविरुद्ध पनि ह्याट्रिक गरेका थिए ।

    यस अघि सेमिफाइनलको पहिलो लिगमा बार्सिलोना १-० गोलले विजयी भएको थियो ।

    रियल म्याड्रिडले अब कोपाको फाइनलमा ओसासुनाको सामना गर्ने छ । फाइनल खेल मे ६ मा हुने तालिका छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल