काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डमाथि जित निकालेको छ ।
बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
युनाइटेडको जितमा मार्कस राशफोर्डले गरेको गोल नै खेलको निर्णायक बन्यो । उनले खेलको २७औ मिनेटमा गोल गरेका थिए ।
उक्त जितसँगै म्यानचेस्टर युनाइटेडको २८ खेलमा ५३ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ । यता पराजित ब्रेन्टफोर्डको २९ खेलमा ४३ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।



