शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बिमलको गोलमा मछिन्द्र हारबाट जोगियो

एक्सप्रेस पाना
चैत्र २३, २०७९ बिहीबार
  • 247
    SHARES
  • बिमलको गोलमा मछिन्द्र हारबाट जोगियो

    काठमाडौं । राजधानीमा जारी यस सिजनको सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत छैटौं चरणको खेलमा साविक विजेता मछिन्द्र फुटबल क्बल र हिमालयन शेर्पा क्बलले बराबरी खेलेका छन् । 

    images

    बिहिवार एन्फा मुख्यालय सातदोबाटोमा भएको खेलमा पहिलो हाफमा दुबै टोली पाएको अवसरलाई सदुपयो गर्न सकेनन् । 

    तर खेलको ८६औं मिनेटमा शेर्पाको लागि सत्यम शर्माले गोल गरे । उनले उक्त गोल पेनाल्टी मार्फत गोल गरेका हुन् । त्यस्तै खेलको इन्जुरी समयमा मछिन्द्रका लागि बिमल घर्तीमगरले गोल गरि खेल १-१ गोलको बराबरी अबस्थामा ल्याए । 

    images

    उक्त नतिजासँगै मछिन्द्रले ६ खेलबटा ६ अंक बनाएको छ । उसले २ हार ३ बराबर र एक जित निकालेको छ । यता शेर्पाको भने समान खेलबाट समान अंक रहेको छ । शेर्पाले २ जित जित ३ बराबरी र १ हार ब्यहोरेको छ । 

    यस्तै आजै च्यासल रंगशालामा भएको खेलमा आर्मीलाई थ्री स्टारले १-० गोलले पराजित गरेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल