शुक्रबार, श्रावण २९ गते २०८३
images
images

क्रिकेट टोलीको चिकित्सकमा डा. अभिषेकराज सिंह

एक्सप्रेस पाना
चैत्र २३, २०७९ बिहीबार
  • 254
    SHARES
  • क्रिकेट टोलीको चिकित्सकमा डा. अभिषेकराज सिंह

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलोपटक आधिकारिक चिकित्सक पाएको छ ।

    images

    नेपाल क्रिकेट संघ (क्यान) ले डा. अभिषेकराज सिंहलाई क्रिकेट टोलीको मेडिकल संयोजकमा नियुक्त गरेको हो ।

    संघका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकलसम्बन्धी सम्पूर्ण कुराको सहजीकरण गर्ने उद्येश्यले डा. सिंहलाई मेडिकल संयोजकमा नियुक्त गरिएको हो ।

    images

    यसअघि राष्ट्रिय क्रिकेट टोलीमा निजी चिकित्सक थिएनन् । नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो स्थान जोगाउन सफल भएलगत्तै सब्घले डा. सिंहलाई मेडिकल कोअर्डिनेटर नियुक्त गरेको हो ।

    सचिव पाठकले राष्ट्रिय क्रिकेट टोलीका लागि चिकित्सक नियुक्त भएपछि खेलाडीमा भरोसा वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । डा. सिंहले आफ्नो अनुभवलाई राष्ट्रिय क्रिकेट टोलीका लागि भरपुर सदुपयोग गर्ने बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट