सोमबार, कार्तिक १७ गते २०८३
images
images

पेरु कम्युनिष्टका नायक गोन्जालोको निधन, प्रचण्डद्वारा श्रद्धाञ्जली

एक्सप्रेस पाना
भाद्र २७, २०७८ आइतबार
  • 291
    SHARES
  • पेरु कम्युनिष्टका नायक गोन्जालोको निधन, प्रचण्डद्वारा श्रद्धाञ्जली

    भदौ २७ काठमाडौं । पेरु कम्युनिष्ट क्रान्तिका नेता गोन्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि जेल जीवन बिताउँदै आएका गोन्जालोको जेलमै शनिबार निधन भएको हो ।

    images

    राज्य आतंक फैलाएको अभियोगमा गोन्जालोलाई सन् १९९२ देखि जेलमा राखिएको थियो । उनलाई पेरुमा आजीवन कारावासको सजायँ दिएको थियो । विश्वभरिकै क्रान्तिकारीहरुका लागि एक आदर्श मोडल मानिने नेता गोन्जालोको सन् १९३४ मा पेरुको दक्षिणी तटमा अवस्थित मोलेन्डो शहरनजिकैको ग्रामीण इलाकामा जन्मिएका थिए । उनको गोन्जालोको वास्तविक नाम अबिमेल गुजम्यान हो ।

    यसैबीच नेता गोन्जालोको निधनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताएका छन् । उनले पेरुमा सशस्त्र क्रान्तिका नायक गोन्जालो वैचारिक निष्ठा, त्याग र समर्पणको प्रतीक रहेको बताएका छन् । उनको छापामार युद्ध र क्रान्ति नीतिको अनुशरण नेपालमा जनयुद्धका बेला प्रचण्डले समेत गरेका थिए ।

    images