काठमाडौँ । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन् । आज हुने दुवै खेल अपराहन्न २ बजेदेखि हुने छन् ।
आज एन्फा कम्प्लेक्समा खुमलटार युथ क्लब र जावलाखेल युथ क्लबबीच खेल हुने छ भने च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच खेल हुने छ ।
मनाङ मर्स्याङ्दीले जारी सिजन ५ खेलमा ११ अंकसहित लिगको चौथो स्थानमा रहेको छ भने फ्रेन्ड्स क्लबको ५ खेलमा ४ अंक छ र लिगमा १२औं स्थानामा रहेको छ ।
त्यस्तै खुमलटार युथ क्लबको ६ खेलमा ६ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ भने जावलाखेल युथ क्लब ६ खेलमा १३ अंकसहित लिगमा शिर्ष स्थानमा रहेको छ ।



