शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सहज जितसँगै मनाङ शीर्ष स्थानमा

एक्सप्रेस पाना
चैत्र २४, २०७९ शुक्रबार
  • 216
    SHARES
  • सहज जितसँगै मनाङ शीर्ष स्थानमा

    काठमाडौं । राजधानीमा जारी यस सिजनको सहिद सहिद ए डिभिजन लिग फुटबल अन्तर्गत छैटौं चरणको अन्तिम खेलमा मनाङ मर्स्याङदी क्लबले सहज जित निकालेको छ ।

    images

    शुक्रबार च्यासल मैदानमा भएको खेलमा मनाङले फ्रेन्ड्स क्लबलाई २-० गोल अन्तरले हराएको हो ।

    मनाङको जितमा कोफी टिमोथी कुदोले दुई गोल गरे ।

    images

    पहिलो हाफको खेलको ३४औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।

    त्यसपछि खेलको ५२औं मिनेटमा कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २-० को जित दिलाए ।

    उक्त जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले ६ खेलमा १४ अंक जोडेको छ । यता पराजित फ्रेन्ड्स ४ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल