शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ओलम्पिक छनोट : नेपाल र भियतनामबीचको दोस्रो खेल आज

एक्सप्रेस पाना
चैत्र २५, २०७९ शनिबार
  • 242
    SHARES
  • ओलम्पिक छनोट : नेपाल र भियतनामबीचको दोस्रो खेल आज

    काठमाडौं । पेरिस ओलम्पिक छनौट अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबलले आज भियतनामसँग खेल्दै छ । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली समय अनुसार आज साँझ ६ बजेदेखि शुरु हुनेछ । 

    यस अघि गत बुधबार दशरथ रंगशालामा भएको खेलमा भियतनामले नेपाललाई ५-१ गोल अन्तरले पराजित गरेको थियो ।

    images

    पहिलो खेलमा नेपालले आक्रामक खेले पनि प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा भियतनाम हावी भएको थियो ।

    यस समूहका प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग खेलिरहेको छ ।

    समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग दुई खेल खेल्दै छ ।

    छनोट खेलमा शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । पहिलो चरणमा एसियाका २६ टोलीलाई सात समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली दोस्रो चरणमा छनोट हुने छन् । 

  • सम्बन्धित विषय:

  • # फुटबल