शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नमुना स्पोर्ट्स क्लबद्वारा वोसन कपमा सहभागी हुने खेलाडीलाई बिदाई

एक्सप्रेस पाना
चैत्र २५, २०७९ शनिबार
  • 490
    SHARES
  • नमुना स्पोर्ट्स क्लबद्वारा वोसन कपमा सहभागी हुने खेलाडीलाई बिदाई

    ललितपुर । यहीँ चैत्र २७ गतेदेखि सुरु हुने आठौ ओसन कप २०७९ यू-१३ फुटबल प्रतियोगितामा सहभागि हुने नमुना स्पोर्ट्स क्लबका खेलाडीलाई विदाई गरिएको छ । 

    images

    नमुना स्पोर्ट्स एकेडेमीले आज गोदावरी नगरपालिका ३ स्थित क्रेसन्ट एकेडेमी स्कुलमा एक कार्यक्रमका बिच खेलाडीहरु बिदाई तथा खेल पोशाक वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

    विदाइ कार्यक्रमा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य मधुसुदन पौडेल, अतिथि गोदावरी नगरपालिका ३ का वडा सदस्य विकास लामा तथा कार्यक्रमका सभापति डम्बरबहादुर स्याङ्तान रहेका थिए । यस्तै गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी लगायत अन्य अतिथिहरुको सहभागिता रहेको थियो । 

    images

    कार्यक्रममा नमुना एकेडेमीमा नि-शुल्क रुपमा फुटबल प्रशिक्षण लिइरहेका करिब १५० खेलाडीलाई खेल पोशाक वितरण गर्ने कार्यक्रम भएता पनि उपस्थित करिब ६० जनालाई वितरण गरिएको अध्यक्ष स्याङ्तानले बताए । उक्त खेलाडीहरुको पोशाकमा समाज सेवी सुदन सिंह सिलवालले मुख्य प्रायोजन गरेका थिए । 

    No description available.

    यस्तै नमुना स्पोर्ट्स क्लब अध्यक्ष डम्बरबहादुर स्याङ्तानले यस प्रतियोगितामा सहभागि जनाउने खेलाडी र खेलाडीका अभिभावकालाई धन्यवाद ज्ञापन गरेका छन् । भने खेलाडीहरु भोलि बिहान १० बजे गोरखा जाने डम्बरबहादुर स्याङ्तानले बताएका छन् । 

    आठौं द वोसन कप फुटबल प्रतियोगिता २७ चैतबाट सुरु हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहने भएको छ । 

    ४ दिनसम्म चल्ने यस प्रतियोगिताको विजेता नगद २० हजार ट्रफी मेडल पाउने छन् । यस्तै उपविजेताले नगद १० हजार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जाएको छ । 

    प्रतियोगितामा गोरखा, तनहँ, स्यांजा, काठमाडौं, भक्तपुर, सिमरा र झापाका क्लबहरुको सहभागिता रहने छन् । सहभागि सबै टोलीको खाना र बस्ने ब्यबस्था आयोजक द ओसन क्बलले नै गरेको छ भने प्रतियोगिता नकआउटको आधारमा सञ्चालन हुने समेत आयोजकले जनाएको छ । 

    नमुना स्पोट्सका खेलाडी :
    रियाज तामाङ, समीर तामाङ, जयन तामाङ, बिपिन तामाङ, विवेक तामाङ, किरण तामाङ, थाङसाङ लिम्बू, सिदार्थ तामाङ, परि रावाल,  दिशान्त तामाङ, निरोज तामाङ , सुकी तामाङ

    टिम प्रशिक्षक : अर्जुन तामाङ, सहायक सुवास तामाङ र पासाङ तामाङ 

  • सम्बन्धित विषय:

  • # फुटबल